विश्वविजेता फ्रान्स टर्कीसँग २–० गोलको अन्तरले पराजित

जेठ २६, काठमाडौं — युरो कप छनोट फुटबलमा विश्वविजेता फ्रान्स टर्कीसँग २–० गोलको अन्तरले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा आयहान र सेन्गिज उन्डरले गोल गरेपछि टर्कीको सनशनीपूर्ण जित भएको हा ।

खेल सुरु भएको ३० मिनेटमा आयहानले गोल गरेका थिए । त्यसपछि ४० औं मिनेटमा उन्डरले अर्को गोल गरेपछि टर्कीले फ्रान्सलाई २ खुयाएको थियो ।

त्यस्तै, युरोकप छनोटको अर्को खेमा जर्मनीले बेलारुसलाई २–० गोलअन्तरले हराएको गरेको छ ।

इटालीले ग्रिसमाथि ३–० गोल, सान मारियोमाथि रसियाले ९–०, क्रोएसियाले वेल्सलाई २–१ र बेल्यियमले कजाकिस्तानलाई ३–० गोलअन्तरले हराएका छन् ।