विश्वकप क्रिकेट खेलमा अष्ट्रेलिया र भारत भिड्दै

जेठ २६, काठमाडौं — आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच विश्वकप क्रिकेट खेल हुँदैछ । दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुने अनुमान गरिएको छ ।

विश्वकपको विजेतको दाबेदार रहेका दुवै टिम एकले अर्काेलाई पछार्ने खेलमा जोसिएका छन् । तेस्रो खेलमा लगातार जित हात पार्ने अष्ट्रेलिया लक्ष्य रहेको छ भने , भारत पनि दोस्रो जितका लागि उत्साहित भएको छ

अष्ट्रेलियाले पहिलो हाफमा अफगानिस्तानलाई ७ विकेटले र दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले हराईसकेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ ।

दवै टिममा ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो गर्ने खेलाडी रहेका छन्

अष्ट्रेलियाका तर्फबाट आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।

भारत टिममा विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर छन् ।