बूढीगण्डकी आयोजना निर्माणमा कमिसनखोरहरु हटाउनु पर्दछ —प्रदीप पौडेल

जेठ २५, काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बूढीगण्डकी आयोजना निर्माणमा कमिसनखोरहरु हटाएर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेसको एक महिने जागरण अभियानको समापनलाई सम्बोदन गर्दै उनले अहिलेको सरकारले सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण नगर्ने समेत बताएका छन् ।

पेट्रोलबाट उठाइएको कर र स्वदेशी लगानीबाटै आयोजना बनाउन सक्ने अवस्था हुँदाहुँदै सुटुक्क चिनियाँ कम्पनीलाई आयोजना दिनुले पनि बूढीगण्डकीमा अन्यौलता देखिएको उनले बताए।