शिक्षकले चेतनाशक्ति बढाउन सक्ने शिक्षा दिन आवश्यक छ —बाबुराम भट्टराई

जेठ २५, काठमाडौं — पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अबका शिक्षकले चेतनाशक्ति बढाउन सक्ने शिक्षा दिन आवश्यक रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उनले विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक÷शिक्षिका लाग्नुपर्ने बताएका छन् ।

उनले भने, ‘आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक÷शिक्षिका हुन् । पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उहाँहरुले गर्नुपर्दछ ।’

उनले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गरे । रासस