अष्ट्रेलिया, कतार, स्पेन र वंगलादेशका लागि राजदुत सिफारिस

जेठ २५, काठमाडौं — मन्त्रिपरिषदको बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियाको राजदुुतमा महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको नाम राजदूतमा सिफारिस गरेको हो ।

कतारका लागि सिफारिस गरिएका राजदूत नारद र दावाफुटी सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नजिकका मानिएका छन् ।

अष्ट्रेलियाका लागि सिफारिस महेश नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल नजिकका मान्छे हुन् । त्यस्तैगरी नेकपाका वरिष्ठ नेता माधव नेपाल निकटका मानिने डा. वंशीधर मिश्र बंगलादेशका लागि सिफारिस भएका हुन् ।