३५ हजार डलर खर्चमा पर्यटकहरु नासाको अन्तर्रा्ष्ट्रिय स्पेस स्टेशनमा जान पाउने

जेठ २५, काठमाडौं — ३५ हजार डलर खर्च गरेपछि पर्यटकहरु आउने वर्षदेखि नासाको अन्तर्रा्ष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन्

स्पेस स्टेशनलाई पर्यटन र दोस्रो व्यापारिक क्षेत्रको रुपमा खुला गर्न लागिएपछि पर्यटकहरु नासाको अन्तर्रा्ष्ट्रिय स्पेस स्टेशनमा जान पाउने तय भएको हो ।

हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तरर्रा्ष्ट्रिय स्पेस स्टेशन जान पाउने अमेरिकाको अन्तरिक्ष एजेन्सी नासालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तरर्रा्ष्ट्रिय स्पेस स्टेशनका उपनिर्देशक रोबिन गेटेन्सले हरेक वर्ष कम समयका लागि निजी अन्तरिक्ष मिशन पठाइने र यसको खर्च निजी कम्पनीले व्यहोर्ने बताए

अन्तर्रा्ष्ट्रिय स्पेस स्टेशनसम्म जानका लागि ३० दिन लाग्ने बताइएको छ । त्यहाँ पुग्ने अन्तरिक्ष पर्यटकहरु अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गर्नेछन् ।

बाहिरी अन्तरिक्षमा अवस्थित अन्तरर्रा्ष्ट्रिय स्पेस स्टेशन अन्तरिक्षसँग सम्बन्धी अनुसन्धान गर्नका लागि विकसित गरिएको स्पेश हो । पृथ्वीको नजिकको कक्षमा स्थापित यो स्टेसन कृत्रिम उपग्रह जस्तै हो, जहाँ मानिसहरु बस्छन्, काम गर्छन्