प्रधानमन्त्री ओली युरोप भ्रमण जाँदै, युरोप पछि वेलायत पुग्ने

जेठ २५, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली शनिबार युरोप भ्रमण जाँदै छन् । स्विट्जरल्यान्डमा हुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण जाँन लागेका हन् ।

त्यसपश्चात उनी सोमबार वेलायतको लन्डन पुग्नेछन् । बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदै छ । बेलायत पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक हो ।

ब्रेक्जिट प्रकरणले यहाँ राजनीतिक अस्थिरता निम्त्याएका बेला प्रधानमन्त्री केपी ओलीको भ्रमण तय भएको हो । बेलायती प्रधानमन्त्री टेरिसा मेको निम्तोमा प्रधानमन्त्री ओली वेलायत भ्रमणमा जाँदै छन् । बेलायती प्रधानमन्त्री टेरिसा मे सरकारबाट बाहिरिने कुरा चलिरहेका वेला प्रधानमन्त्रीको वेलायत भ्रमण तय भएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार १० डाउनिङ स्ट्रिटमा बेलायती समकक्षी मेसँग भेट्ने कार्यक्रम छ । तर नेपालका लागि वेलायतका तर्फबाट खासै उपलब्धि हुने देखिदैन । वेलायत अहिले ब्रेक्जिट प्रक्रियाको गतिरोधमा फसेको तथा सत्तारुढ पार्टी र देशको सिंगो राजनीतिमै हलचल आउने ध्रुवीकरण देखिएको छ ।

ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलका अध्यक्ष डा. अधिकारीका अनुसार कुनै ठूलो र नयाँ सम्झौता सम्भव नभए पनि ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान, दुई देशबीचको व्यापार तथा लगानी सम्बन्ध विस्तार, बेलायती सहयोग वृद्धिलगायत विषयमा नेपालले यो भ्रमणलाई उपलब्धिपूर्ण बनाउन सक्छ ।