जेठ २४, काठमाडौं — नेपाली काँग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अघि बढाए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदबाट पारित गराउन खोजे संसद र सडक दुवै अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
ललितपुरमा आयोजित शुक्रबार पार्टीकै कार्यक्रममा काँग्रेस शभापति देउवाले बालुवाटार लगायतका सार्वजनिक तथा गुठीको जग्गा सरकारले नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिइरहेको पनि आरोप लगाए ।
साथै सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको, सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएको सभापति देउवाको भनाइ छ ।