लगानी उठ्ने ठाँउमा वजेट विनियोजन गरियोस –पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराई

वैशाख २९, काठमाडौं–अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथिमकिता माथि आइतबार संसदमा धारणा राख्ने क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटले पनि विकासमा फड्को मार्ने संकेत नदेखाएको बताएका छन् ।
भट्टराईले आर्थिक वर्ष २०७६÷७७ को बजेट पनि अघिल्लो वर्षको निरन्तरता नै हुने बताएका छन ।

पोहोर साल जस्तै अहिलेको साल पनि यही आउने हो भने हाम्रो भविष्य त्यति सुखद नहुने भन्दै प्रतिफल आउने ठाउमा लागानी गर्न उचित हुने हुदा मधेस र शहरी क्षेत्रमा वजेट विनियोजन गर्नु पर्ने वताए ।

तराईमा बैदेशिक ब्यापार, उद्योग सञ्चालनको उपयुक्त वातावरण, उर्बर भूमि र जनशक्ति सबै हिसाबले तराई मधेसमा बजेट लगानी गर्दा त्यसको प्रतिफल आउने भट्टराईले बताए ।