नर्समाथि श्रम शोषण गर्ने लाई कारबाही गर्ने मन्त्री विष्टको चेतावनी

बैशाख, २९ काठमाडौं — नर्समाथि श्रम शोषण गर्नेलाई अब कडा कारबाही हुने भएको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्समाथि श्रम शोषण गर्नेलाइ कडा कारबाही गर्ने बताएका छन् ।

मन्त्री बिष्टले कसैलाई श्रम शोषण भएमा त्यसको विवरण सरकारलाई बुझाउन समेत आग्रह गरे । मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिएका छन् ।