प्रधानमन्त्रीको सवारीका कारण आधा घण्टा उडान ठप्प

बैशाख २६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका उडान आधा घण्टा सेवा प्रभावित हुने भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने सूचना विमानस्थलले जारी गरेको छ ।
प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन् ।