सर्बाेच्चको आदेशपछि पश्चिम नवलपरासीमा करिब ७ सय नागरिकता वितरणमा रोक

बैशाष २६, परासी – पश्चिम नवलपरासीमा प्रक्रियामा रहेका करिब ७ सय नागरिकता वितरणमा रोक लगाईएको छ ।

सर्वोच्च अदालतले जन्मको आधारका नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न आदेश दिएपछि पश्चिम नवलपरासीमा करिब ७ सय नागरिकता रोक्का गरिएको हो ।

गत चैत १९ गतेको मन्त्रीस्तरीय निर्णयपछि जिल्ला प्रशासन र इलाका प्रशासनबाट त्यस्ता प्रकृतिका नागरिकता वितरण गर्न सुरु गरिएको थियो । इलाका र जिल्लाबाट दैनिकजसो १ सय बढी नागरिकता वितरण हुने गरेको थियो।

तर पछिल्लो समय सर्बाेच्चको आदेशपछि नागरिकता लिने लाईनमा बसेका ६ सय ८७ जनालाई नागरिकता नलिईकन गाउँ फर्किएका छन् ।

अहिलेसम्म जिल्लाबाट ४ सय र इलाकाबाट २ सय ५७ निवदेन संकलन भएका छन् अदालतको आदेशपछि नागरिकता रोक्का भएको जानकारी नपाएपछि दैनिक ५०÷६० जना नागरिकताको लागि कार्यालय धाएका छन् ।

अहिलेसम्म जिल्ला र इलाकाबाट गरी कुल ८ सय १० जनाले जन्मको आधारका नागरिकका सन्तानलाई वंशजको नागरिकता पाएका छन् ।