स्थानीयले गरे चाबहिल –जोरपाटी सडक अबरुद्ध

बैशाख, २६ काठमाडौं – चाबहिल –जोरपाटी सडकखण्ड स्थानीयद्धारन अवरोध भएको छ । धुलोले सास्ती खेपेको लामो समय बित्दा पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै आज बिहानैबाट सडक अबरुद्ध गरेका हुन् ।
बौद्ध व्यापार संघको पहलमा आज बिहानैबाट उक्त सडक बन्द गराएर स्थानीयले दबाब दिएका हुन् । उनीहरुले ‘धुलो धुवाँ धेरै भो, स्वास फेर्न गाह्रो भो’, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर उक्त सडकखण्डमा प्रदर्शन गरेका छन् ।