प्रधानमन्त्री केपी ओली भियतनाम र कम्वोडियाको विदेश भ्रमणमा जाँदै

वैशाख २६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चार दिनका लागि भियतनामको विदेश भ्रमणमा जाँदैछन् ।
भियतनामका प्रधानमन्त्री न्याङगेन सुआन फुकको निमन्त्रणामा प्रधानमन्त्री केपी ओली आज बिहीबार भियतनाम प्रस्थान गर्न लागेका हुन्।

वैशाख ३० गतेसम्म हुने भ्रमणमा उनले वैशाखी समारोह र थिंकट्याकको कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।
भ्रमणले युद्धको मारबाट उठेर कसरी महत्वपूर्ण आर्थिक उपलब्धि हासिल गर्न सक्यो भन्ने कुरा सिक्न सहयोग पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भियतनामी अधिकांश बौद्धमार्गी भएकाले नेपालमा पर्यटन आकर्षण गर्नका लागि पनि यो भ्रमणले सहयोग पुग्ने आसा गरिएको छ ।

भियतनामपिछि वैशाख ३० देखि प्रधानमन्त्री ओलीको अर्को दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले निमन्त्रणमा गरेको हो ।

प्रधानमन्त्री ओली जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण रहनेछन् । कम्बोडियाको भ्रमणले पनि त्यो देशको विकासबार र त्यहाँका बौद्धमार्गीलाई नेपाल भ्रमणलाई आकर्षित गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसँगै प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सल्लाहकार, सांसद, उच्चस्तरीय सरकारी अधिकारी, स्थानीय निकायका प्रतिनिधिलगायतको सहभागी हुने छन् ।

प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किने छन् ।