बालुवाटारस्थित ललितनिवास सरकारी जग्गा प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेलको पनि संलग्नता

वैशाख २६, काठमाडौं – बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा दुरुपयोग काण्डमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन्।

भूमाफिया र व्यापारी योजना, गुठी संस्थान,र मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पनि सरकारी जग्गा हिनामिना हुनेगरी गरिएको निर्णय गप्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत पौडेल पनि मुछिएक हुन् ।

सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णयमा तत्कालीन मुख्यसचिव पौडेलको समेत हात रहेको पाईएकोे छ ।

मन्त्रिपरिषद्बाट निर्णय भई पूर्वमुख्यसचिव लीलामणि पौडेलले हस्ताक्षर गरेको पत्र गुठी संस्थानले भूमाफियालाई सरकारी जग्गाको लालपुर्जा दिएको सुचना फेला परेको हो ।

उक्त सरकारी जग्गा अहिले भूमाफियाद्वय शोभाकान्त ढकाल, रामकुमार सुवेदी र व्यायारी मीनबहादुर गुरुङलगायतका नाममा रहेको अनुसन्धानकर्ताहले बताएका छन् ।

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव माधव घिमिरे, पूर्वसचिव तथा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसचिव छविराज पन्तलगायतको पनि संलग्नता रहेको खुलिसकेको छ ।

भूमाफियाको सेटिङमै तत्कालीन गुठी संस्थानका प्रमुख बलिराम साहले सरकारी जग्गामा नक्कली गुठी र मोही कायम गरेर व्यक्तिलाई दिनेगरी मन्त्रालयमा प्रस्ताव पठाएका थिए। प्रस्ताव कुनै छानबिन नै नगरी मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको खुलेको छ।