ईरान र पश्चिमा मुलुक अमेरिका विच परमाणु सम्झौताका विषयमा द्धन्द्ध

वैशाख २६, काठमाडौं – ईरान र पश्चिमा मुलुक अमेरिका विच परमाणु सम्झौताको बिषयलाई लिएर द्धन्द्ध सुरु भएको छ । इरानले परमाणु सम्झौतासँग सम्बन्धित नियम तोडे, नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ, पश्चिमा मुलुकहरुले ।

यता इरानले पनि अमेरिकाले लगाएको प्रतिबन्धबाट इरानलाई बचाउन ६० दिनभित्र कुनै पनि प्रयास नगरेमा पुनश्च युरेनियम उत्पादन र बिक्री सुरु गर्ने चेतावनी दिएको छ ।

गत वर्ष अमेरिकाले परमाणु सम्झौताबाट आफैले अलग भएको घोषणा गर्दै इरानमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध विग्रेको छ ।

सन २०१५ मा भएको सम्झौता पछि इरानमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाइएको थियो । यसको उद्देश्य इरानको परमाणु महत्वाकांक्षलाई कमजोर बनाउनु थियो ।

इरानका विदेशमन्त्री जावेद जरीफले आफूहरुले चालेको पछिल््लो कदम सम्झौता बमोजिम नै भएको दाबी गरेका छन् ।  अमेरिकाको ट्रम्प राज्य व्यवस्थाले इरानमाथि प्रतिबन्ध लगाएर अर्थव्यवस्थालाई कमजोर बनाएको छ ।