बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्री केपी ओलीलाई (टीआई)को ध्यानाकर्षण

बैशाष २५, काठमाडौं – बालुवाटार जग्गा प्रकरणमा सम्भावित अभियुक्तलाई नउम्काउन प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराईएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले बालुवाटार जग्गा प्रकरणमा सम्भावित अभियुक्तलाई उम्काउने प्रयास नगर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको हो ।

भ्रष्टाचारविरुद्ध काम क्रियासिल अन्तर्राष्ट्रिय संस्था (टीआई) ले वालुवाटार जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सम्बन्धित निकायको स्वतन्त्र र निष्पक्ष अनुसन्धान प्रक्रियामा अनुचित दबाब नदिन माग गरेको छ ।
सार्थ निष्पक्षरुपमा अनुसन्धान तथा न्यायिक प्रक्रियालाई अगाडि बढाउने अनुकुल वातावरण तयार गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

टीआई नेपालको विज्ञप्तिमा अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाईरहेको अवस्थामा सरकारसम्बद्ध राजनीति दलका पदाधिकारीलाई कानुनी कारवाहीबाट जोगाउने उद्देश्यले प्रधानमन्त्रीले अभिव्यक्ति दिनु गलत भएको उल्लेख गरिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा सरकारले जाँचुबुझ समिति गठन गरी सत्य तथ्य पत्ता लगाउन गरिएको प्रयास भने सकारात्मक नै भएको (टीआई) को भनाई छ ।

बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिको नाम दर्ता गराई हडप्ने प्रयास भइरहेको छ । यसमा सत्तारुढ दल नेकपाकै महासचिव बिष्णु पौडेलसमेत मुछिएका छन् ।