काभ्रेको धुलीखेलस्थित देवीथान डाँडामा हेलिकप्टर दुर्घटना : कृतिम घटना अभ्यास

विरु नेपाली

बैशाष २५, काठमाडौं – कुनै पनि विपदको  जोखिममा परेका घाईतेको जिउ ज्यानको सुरक्षा कसरी गर्ने ? घटनास्थलबाट घाईतेलाई कसरी सुरक्षित रुपमा खोज उद्धार गर्ने र उस्को प्राथमिक उपचार गर्ने भन्ने कुरा धेरै गम्भिर महत्वपूर्ण कुरा हो ।

विपद पूर्वतयारी हामी सबैको जिम्वेवारी हो । पूर्वतयारीले कुनै पनि विपदमा जनधनको क्षति तथा जोखिम न्यूनिकरण गर्नमा मद्धत पुग्दछ ।

बुधबार काभ्रेको धुलीखेल नगरपालिका देवीथानस्थान डाँडामा यस्तै घटनाको अभ्यास गरिएको छ । यहाँ हेलिकप्टर दुर्घटनाकोे कृतिम घटना अभ्यास कार्यक्रम गरी विपद्सँग जुध्ने वा प्रतिकार गर्ने क्षमताको विकास गरिएको छ ।

घटना अभ्यासमा विमान दुर्घटनापछि आगो निभाउने, घाइतेको उद्दार गरेर अस्पताल पठाउन, मृतकको पहिचान गर्ने सम्वन्धमा अभ्यास गरिएको थियो ।

करिब आधा घण्टासम्म गरिएको सिमुलियसन कार्यत्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका उद्दारकर्ताहरुले घाइतेलाई स्ट्रेचरमा बोकेर हेलिकोप्टरसम्म र्पुयाउने, गाडीमा राखेर अस्पताल लैजाने, घाइते र मृतक पहिचान गर्ने र आगो निभाउने कामको भुमिका निभाए ।

साथै दुर्घटनापछिको उद्दारको पूर्वअभ्यासलाई वढि जोड दिइएको थियो । यो कृतित्र घटना अभ्यास नेपाल नागरिक उड्ययन प्राधिकरणले हरेक दुई वर्षमा गराउदै आएको छ ।

यस्ता विपद् पूर्व तयारी सम्वन्धि विपद परामर्श, खोज तथा उद्धार र प्राथमिक उपचार जस्ता कार्यक्रमहरु स्थानीयत स्तरदेखी केन्द्रिय स्तरसम्म सबै तह तप्काका, वर्ग र क्षेत्रका समुदायलाई दिन सके विपदमा हुन सक्ने ठुलो जनधनको क्षति न्यूनिकरण हुने थियो की ?