तानाशाही व्यवस्था मान्य नहुने : काँग्रेस शभापति देउवा, काँग्रेसको जागरण अभियान

बैशाष २५, काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था मान्य नहुने बताएका छन्।

नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको शुभारम्भ कार्यक्रममा सभापति देउवाले राणा शासन र राजा फालेको दाबी गर्दै अब कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा सभामुख निरिह भएर बसेको आरोप लगाउँदै सभापति देउवाले संसद् विपक्षको, सरकार सत्तापक्षको र संसद्मा विपक्षले बोल्न पाउनुपर्ने्मा जोड दिए ।

सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्नु संविधानको मर्म र भावनाविपरीत भएको उल्लेख गर्दै देउवाले जागरण अभियानद्धारा सरकारको गल्ती कमीकमजोरीलाइ जनताको विचमा लैजाने बताए ।

आजै बुधबारदेखि सुरु भएको पहिलो चरणको नेपाली काँग्रेसको जागरण अभियान जेठ २५ गतेसम्म मुलुकभरी चल्ने बताइएको छ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म चल्ने भएको छ ।