चेन्नाई सुपर किंग्सलाई ६ विकेटले हराउदै, मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको फाइनलमा

वैशाख२५, काठमाडौं – मुम्बई इन्डियन्स आईपीएल क्रिकेट फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई ६ विकेटले हराउदै फाइनलमा पुगेको हो ।
१३२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

सुर्यकुमार यादवको उत्कृष्ट ब्याटिङले मुम्बईलाई जितमा हासिल भएपछि फाइनलमा पुग्न सफल भएको हो । ५४ बलमा १० चौका प्रहार गर्दै ७१ रनमा सुर्यकुमार अविजित रहे । त्यस्तै, इसन किसानले २८ रन दिएका थिए ।

पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई गुमाएको मुम्बईले २१ रन हुँदा दोस्रो विकेटको रुपमा डी ककलाई गुमाएको थियो । योसँगै मुम्बई दबावमा आएको थियो । तर सुर्यकुमार र किसानले ८० रनको साझेदारी गर्दै पारी सम्हालेका थिए ।

बलिङतर्फ दुई विकेट लिएका इमरान ताहिरले अन्नतत चेन्नाईलाई जिताउन सकेनन्

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । चेन्नाईका मुख्य ब्याट्सम्यानुहरु कुनै पनि चल्न सकेनन् ।

पाँचौ नम्बरका अम्बती रायडु ४२ रनमा अविजित रहँदा, छैटौं स्थानका कप्तान महेन्द्रसिंह धोनीले ३७ रनमा अविजित रहे । यी दुई ब्याट्सम्यान ६६ रनका साझेदारी थिए । बलिङतर्फ राहुल चाहरले दुई विकेट लिए ।

मुम्बई इन्डियन्स सीधै फाइनलमा पुग्दा चेन्नाई भने दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको छ । चेन्नाईले अब फाइनल प्रवेशका लागि इलिमिनेटर राउण्डको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।