कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्दै

विर वहादुर नेपाली

वैशाख२५, काठमाडौं – नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले आजदेखी जागरण अभियान सुरु गर्न लागेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कमी कमजोरी र गलत कार्यलाई जनताको विचमा ल्याउन र पार्टी संगठनलाई वलियो बनाउन जागरण अभियान सुरु गरेको बताए ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको छ । अभियान १ वर्षभरि देशभरी ३ चरणमा चलाईने कांग्रेसले बताएको छ ।

आजबाट सुरु हुने पहिलो चरणको अभियान १ महिनासम्म चल्नेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

काठमाडौंमा जागरण अभियानको उद्घाटन मध्याह्न १२ः३० बजे पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ ।