बार्सिलोनालाइ ४–० गोलअन्तरले पराजित गर्दै इंग्लिस क्लब लिभरपुल फाईनमा

वैशाख२५, काठमाडौं – इंग्लिस क्लब लिभरपुलले सानदार जीतका साथ च्याम्पियन्स लिग फुटबलको फाईनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा बार्सिलोनालाइ ४–० गोलअन्तरले पराजित गर्दै इंग्लिस क्लब लिभरपुल फाईनमा प्रवेश गरेको हो ।

पहिलो लेगमा ३(० गोलअन्तरले पराजित भएको लिभरपुलले दोस्रो लेगमा भने उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा ४–३ को जित हासिल गरेको हो । यो जितसँगै लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

डिभोक ओरिगी र जर्जिनो विज्नल्डमले समान २–२ गोल गरेपछि लिभरपुलको जित हात लागेको हो । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा बार्सिलोना स्तब्ध हुन पुगेको थियो ।

पहिलो हाफमा जर्जिनोले खेलको ५४औं मिनेटमा गोल गरेका थिए । त्यसको दुई मिनेट नवित्दै अर्थात ५६औं मिनेटमा उनले अर्को गोल थप्न सफल भएका थिए । खेलको ७९औं मिनेटमा ओरिगीले अर्को गोल गरेपछि लिभरपुलले बार्सिलोनालाई ४(० गोलले पराजित गरेको हो ।