पोखरामा हेलि एअर कम्पनीको अल्ट्रालाइट दुर्घटना

वैशाख २४, पोखरा –हेलि एअर कम्पनीको अल्ट्रालाइट दुर्घटनामा परेको छ । मंगलबार दिउँसो करिब २ बजेर १५ मिनेटमा अल्ट्रालाइट विमानस्थलको दक्षिण धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

अल्ट्रालाइटमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र यात्रु नवलपरासी गैंडाकोट नगरपालिकाका ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।
दुर्घटनाबाट सवार यात्रुको हातमा सामान्य चोट लागेको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले बताए ।

जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङका अनुसार अल्ट्रालाइटको पंखामा खराबी भएका कारण दुर्घटना भएको बताइएको छ ।

यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ । ती सबै दुर्घटना एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट थियो ।