प्रदेश १ को स्थायी राजधानी विराटनगर हुने

वैशाख२२, विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाई बहुमतले प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव गरेको छ ।

विराटनगर राजधानी रहने गरी कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने गरी नेकपाको संसदीय दलले निर्णय गरेको हो ।

धनकुटा र विराटनगर प्रदेश राजधानी हुनुपर्ने गरी प्रदेशको स्थायी राजधानीबारे प्रदेशसभामा चार वटा प्रस्ताव दर्ता भएका छन् ।

सत्तारुढ नेकपाकै तीन सांसदले धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।  प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ मा नेकपाको दुई तिहाई बहुमत छ । यद्यपी प्रदेशको नाम टुंगो लागेको छैन ।