पत्रकार महासंघले दलित पत्रकारको राष्ट्रिय सम्मेलन गर्ने

वैशाख २२, काठमाडौ–नेपाल पत्रकार महासंघले राष्ट्रिय दलित पत्रकार सम्मेलन पाल्पाको तानसेनमा गर्ने निर्णय गरेको छ ।
महासंघका केन्द्रीय सदस्य एवं दलित समीतिका संयोजक मधु शाहीको अध्यक्षता आइतवार वसेको वैठकले आगामी आगामी जेठ २४ र २५ गते सम्मेलन गर्ने निर्णय गरेको हो । ]

सम्मेलनमा महासंघका प्रदेश समिति र जिल्ला शाखाका एक एक जना दलित प्रतिनिधिको सहभागीता हुने संयोजक मधु शाहीले वताउनु भएको छ ।उक्त वैठकमा महासंघका अध्यक्ष गोविन्द्र आचार्य, महासचिव रेमश विष्ट र सचिवद्धय रेम विश्वकर्मा र उदय जिएमको विशेष उपस्थीति रहेको थियो ।