काँचो मासु खाँदा डोटीमा १५ बिरामी

वैशाख २२, काठमाडौं – बाख्राको काँचो मासु खाँदा डोटीमा १५ बिरामी परेका छन् । डोटीको आदर्श गाउँपालिका १ मेलगडा । शनिबार दिउँसो सँगै बसेर काँचो मासु खाने १५ जनाको समस्यामा आएको बताइएको छ ।
घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको सामान्य घाइतेहरु भने घर फर्किसकेको इलाका प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।