‘हङकङमा समतामुलक नेपाली समाज निर्माण गर्दैछौ’अध्यक्ष–गोविन्द विक

 

काठमाडौ–हङकङ नेपालीअल्पसख्यक संगठन हङकङमा वसोवास गर्ने नेपालीको संगठन हो । यो संस्था २००२ माहङकङको कानून अनुसार दर्ता भएको हो । हङकङमा नेपालीले गठन गरेका संस्था मध्ये यो पुरानो र धेरै सदस्य भएको संगठनका रुपमा मानिन्छ । भर्खर मात्र संगठनको आठौ अधिवेशनले गोविन्द वि.क को नेतृत्वमा नयाँकार्य समिति गठन गरेको छ । यसै सन्दर्भमा इमेल खवर डट कमले नवनिर्वाचित अध्यक्ष वि.क संग संगठनका गतिवीधिमा केन्द्रित रहि कुराकानी गरेको छ । प्रस्तुत छ उहाँ संग गरेको कुराकानी ।

तपाई सन्चै हुनुहुन्छ ?

म ठिक छु ।

हङकङ नेपाली अल्पसख्यक संगठनको अध्यक्षमा निर्विरोध निर्वाचित हुदाँ तपाई कस्तो महसुस गर्दै हुनुहुन्छ ?

यति ठूलो संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित हुदा मलाई एकदम खुशी लागेको छ । साथीहरुले विश्वास गर्नु भएको छ । म आभारी छु ।

हङकङ नेपालीअल्पसख्यक संगठनको वारेमा केही बताईदिनुहोस् न ।

नेपालबाट हङकङ आउनु भएका विश्वकर्मा, परियार, नेपाली लगायतका अल्पसख्यक समुदायको सदस्यहरुको संलग्नता रहेको संगठन हो, हङकङ नेपालीअल्पसख्यक संगठन । यो संस्था सन २००२ मा हङकङको कानुन अनुसार दर्ता भएको हो । सुरुमा सबै अल्पसँख्यक समुदायलाई एकाकार गराउन दिलमान घमालको ठुलो भुमिका रहेको छ । त्यसपछि टेक वहादुर घमाल, डिल्लीराम विश्वकर्मा,  अशोक कुुमार गहतराज सुनार, गुमान सिंह परियार, टंक विश्वकर्मा,मनीलकान्द्री, भक्तवशादुर लुहागुन,वमवहादुर विश्वकर्मा, राजु वराईली, मोहनविक, नविनविश्वकर्मा लगायत थुप्रै व्यक्तिहरुले संस्था निर्माणका लागि प्रशंसनीय योगदानदिएकाछन् । टंक विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय समिति गठन गरेर कानूनी रुपमा संस्थाअगाडी वढेको हो । यस संस्थालेअहिले आठौ अधिबेसन सम्पन्न गर्न सफल भएको छ ।

यो संस्था हङकङमा खोल्नुको उद्देश्य चाँही के रहेछ ?

पहिलो कुरा, हङकङमा वस्ने अल्पसंख्यक नेपाली विचआईपर्ने विभिन्न समस्या समधान गर्न, एक अर्का विच भाईचाराको सम्वन्ध विस्तार गर्र्न, विदेशको ठाँउ आपतविपत परेका वेला एकआपसमा भौतिक आर्थिक सहयोग गर्ने उद्देश्य राखेर यो संस्था निर्माण गरिएको हो । अर्काे कुरा भनेको हङकङमा आएका नेपाली विच हुने अन्धविश्वास, कुरीति,विभेद हटाउने र रचनात्मकढंगले हङकङमा समतामुलकनेपाली समाज निर्माण गर्ने यसको उद्देश्य हो ।

अन्धविश्वास, कुरीति,विभेद हटाउने भन्नुभयो, के हङकङमा पनि नेपाली विच जातपातमा आधारित छुवाछुुत र भेदभाव छ र ?

प्रतक्ष्य रुपमा त छैन । तर अप्रत्यक्ष रुपमा महसुस गर्न सकिन्छ । कथित ठूलो जात भन्नेहरु हङकङमा आए पनि कतिपय पुरानो सोच, मुल्य मान्यता र संस्कार हटाउन सकेका छैनन् । यो महसुस हामीले गर्दै आएका छौं र यसमा क्रमिक सुधार पनि हुदै गएकोे पाएका छौ ।

भर्खरै संस्थाको आठौ अधिवेसन सम्पन्न गर्नु भयो, यहाँ सम्म आउदा संस्थाको उद्देश्य प्राप्तिका लागि के के गर्नुभयो ?

पहिलो कुरा त नेपालबाट हङकङमा आएर वस्नेहरु विच दुखसुख साट्ने थलो बनाएकाछौं। हाम्रो अनुमानमा हङकङमा मात्रै झण्डै ६ सय जति अल्पसख्यक समुदाय छौं । यसमध्ये ३०० जतिलाई यस संस्थामाआवद्ध गरिसकेको छौं, यो संस्थाको उद्देश्य पुरा गर्ने सन्दर्भमा खुशीको कुरा हो । अर्काे महत्वपूर्ण कुरा के हो भने हामी विच भातृत्वविकास गर्नका लागि चाडपर्व लक्षित दशैं,तिहार,तिज जस्ता विशेष कार्यक्रम गर्ने गरेका छौं । यसको अलावा हङकङमा शिक्षा, स्वास्थ्य तथा जनचेतनाको रचनात्मक कार्यक्रम गर्ने गरेका छौं ।

यो त संस्थाका तर्फबाट हङकङमा गर्ने कार्यक्रमको बारेमा बताउनु भयो, कर्मथलोबाट जन्मथलोमा चाँही के गर्नु भएको छ नी?

जन्मभुमी नेपालका लागि हामीले त्यति ठुलो काम गर्न त सकेका छैनौं तर पनि विपदकोे समयमा पैसा उठाएर भूकम्प पिडितलाई सहयोग गर्ने काम भने गर्यौं । त्यसैगरी शैक्षिक कार्यक्रमहरुमा पनि सहयोग गरेका छौं । नेपालमा विभिन्न कारणले विरामी परेर उपचार गर्न नसकीरहेका विरामीहरुलाई उपचार खर्चमा सहयोग गरिरहेको छौं । समानता र न्यायकालागि जनचेतनामूलक कार्यक्रममा पनि सहयोग गर्दै आएका छौ ।

संस्थालाई अगाडी बढाउनका लागि तपाईका भावी योजना के छन ?

त्यसकालागि हामीले यहाँको सरकारसँग प्रतक्ष्य सहयोग लिएर शिक्षा स्वास्थ्यजस्ता सामाजिक कार्यक्रम गर्ने योजना बनाएका छौं । हामीलाई हङकङवासीलाई जस्तो कतिपय सुविधा छैन यहा। अझ हामी नेपालमा हुने चुनावमा यहिवाट मतदान गर्न चाहान्छौ । तर त्यो सुविधा छैन ।  यसका लागि हामीले अरु संस्थाहरुसँग सहकार्य गर्दै अगाडी वढ्नेछौं । अर्काे कुरा प्रतक्ष्य रुपमा देखिने तर अप्रतक्ष्य रुपमा महसुस गरिने भेदभाव तथा छुवाछत जस्तो कुसंस्कारलाई पनि निर्मुल पार्न रचनात्मक कार्यक्रमहरु गर्ने योजना छ । त्यसैसरी हङकङमा आएका अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धि गरी रोजगारमा संलग्न गराउन सहयोग गर्नेे हाम्रो कार्यक्रम छ । नेपालमा पनि समानता र न्यायका लागि विभिन्न खालका जनचेतनामुलक कार्यक्रम गर्ने हाम्रो योजना छ ।

प्रस्तुति —अन्जना सिवा