संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकिकरण भई ‘समाजवादी पार्टी नेपाल’ हुने

वैशाख२२, काठमाडौं – संघीय समाजवादी फोरम र नयाँ शक्ति एक हुने भएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति अुसारर ‘समाजवादी पार्टी नेपाल’ हुने भएको छ ।

‘समाजवादी पार्टी नेपाल’ पार्टीको अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै हुनेछन् । भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्ने सहमति भएको हो ।

पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ ।  केन्द्रीय सदस्यमा नयाँ शक्तिको १५१ र फोरमका २०० सस्य रहनेछन् । संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुबै पार्टीको मिलाइनेछ ।

यही बैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा पार्टी एकता घोषणाको कार्यक्रम तय गरिएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद रहेका छन् ।