गण्डकी प्रदेशको ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) सम्वन्धी विधेयक प्रमाणित

वैशाख १९, पोखरा — गण्डकी प्रदेशले ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको छ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको हो । गण्डकी प्रदेश सभाको वैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए ।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ।
नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ।