ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोहीलाई पनि कारवाही गरिने

बैशाष १९, काठमाडौं — बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोहीलाई पनि कारवाही गरिने भएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार बालुवाटार जग्गा खरिद प्रकरणमा मुछिएको तथ्य र प्रमाणबाट भेटिएका जोकाहीलाई पनि कारवाही गरिने बताएका हुन्।

मन्त्री बाँस्कोटाले अनसनधानका क्रममा दोषी ठहरिएमा नेकपा महासचिव विष्णु पौडेलदेखि देउवालाई पनि कारवाही हुन सक्ने बताए ।

मन्त्री बाँस्काटाले यस सम्वन्धमा सरकारले छानविन समिति बनाएर काम गरिरहेकोमा पनि जोड दिए । साथै विष्णु पौडेल, सुवर्णंसम्शेर र देउवाको जोडिँदैमा छानविन नरोकिने पनि दोहोर्याए ।