यसरी जोगिनुहोस बर्ड फ्लुबाट

नेपालमा बर्ड फ्लुको प्रकोप बढ्दै गएको छ । चराचुरुङंीलाई देखिने यो रोग मानिसमा समेत देखा परेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलोपटक काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फलु बाट मृत्य भएको छ । वर्ड फ्लुबाट साबधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । कसरी जोगिने त वर्ड फ्लुबाट ? अपनाउनुस यि उपायहरु

–    नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने।

–    व्यक्तिगत सरसफाईमा ध्यान दिने।

–    आफ्नो वरिपरिको वतावरण सफा राख्ने।

–    बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने।

–    प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

–    बच्चाहरालई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने ।

–    कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नांगो हात, खुला नाक मुख गरी मासु चलाउन हुँदैन। कम्तीमा पनिहातमा पञ्जा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ।यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिउका भाँडाकुँडा, ओजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो

–    कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ)

–    जंगली तथा घरपालुवा पक्षी मरकेो वा बिरामी भएको देखिएमा नजिकको पशुस्वासथ्यकर्मि पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।

–    इन्फ्लुएन्जकाके कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।

–    मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाड्ने प्रबन्ध मिलाउने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय