प्रदेश १ को राजधानीमा बिवाद, प्रदेश सभा बैठक स्थगित

बैशाख, १९ काठमाडौं – प्रदेश नम्बर १ को राजधानीमा टुङ्गो लगाउने बिषयमा सत्तारुढ दलका सांसदहरुबीच विवाद उत्पन्न भएको छ । सांसदहरुको फरक फरक मत आएपछि यो विषयमा सहमति जुट्न कठिन भएको छ । राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ राख्ने भन्नेमा तीव्र मतभेद रहेको छ ।

सहमतिकै आधारमा राजधानी र नाम टुङ्गो लगाउने भन्दै प्रदेश १ को सत्तारुढ दल नेकपाले सहमतिको पहल भने तीव्र बनाएको छ । छलफलमा मुख्यमन्त्रीसहित प्रदेश कमिटीका इन्चार्ज भीम आचार्य, सहइन्चार्ज सावित्री काफ्ले, संयोजक देवराज घिमिरे र सचिव सुरेशकुमार राई सहभागी छन् ।

राजधानी र नामका बारेमा टुङ्गो नलागेपछि बिहीबार १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।