बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक मानिसले ज्यान गुमाए

 

वैशाख १९, काठमाडौ — नेपालमा पहिलो पटक कुखुरा लगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फलु बाट मृत्य भएको हो ।

गएको चैत १० गते ज्वरो र खोकी लागेर उनि अस्पताल पुगेका थिए । उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । उनको श्वासप्रश्वासमा समस्या देखिएर चैत १५ गते मृत्यु भएको थियो । मृतकको नाम भने गोप्य राखिएको छ ।

ती युवकर्को याल परीक्षणका लागि जापान पठाइएको रिर्पोट आए पछि बर्ड फ्लु भएको पुष्टि भएको हो ।