प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमण जाँदै

वैशाख १९, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमण जाने भएका छन् । वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र कम्बोडियाको लागि प्रधानमन्त्री ओलीको भ्रमण तय भएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराए । भियतनाममा प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता सँगै प्रधानमन्त्री ओलीले त्यहाँ आयोजित वुद्ध सम्मेलनमा पनि भाग लिनेछन् ।

भियतनामले ३० वर्षयता तीब्र रुपमा आर्थिक प्रगति गरेको छ । भियतनाम अहिले विश्वभरका लगानीकर्ताको आकर्षणको केन्द्र भएको छ ।
भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश पनि हो ।

प्रधानमन्त्रीको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनका लागि उपलबधीमुलक हुने अपेक्षा गरिएको छ ।