लिभरपुलमाथि बार्सिलोनाको सानदार जित

बैशाख, १९ काठमाडौं – युरोपियन च्याम्पियन लिग अन्तर्गत सेमीफाइनलको पहिलो लेग खेलमा स्पेनिस क्लब बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी इङ्लिस क्लब लिभरपुलमाथि सानदार जित निकालेको छ ।

बार्सिलोनाको जितका लागि मेसीले २ र सुवारेजले १ गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले बार्सिलोनाले भन्दा बढी समय बल आफ्नो कब्जामा राखेको थियो ।

मेसीले बार्सिलोनाका लागि ६०० औं गोल गरेका छन् । बलियो टोली लिभरपुलले बार्सिलोनाविरुद्ध पटक–पटक आक्रमण गरेको थियो । तर उसले गोलका लागि गरेका सबै प्रयास असफल भए ।