देश समृद्धिको धारणाले केहिको छाती पोलेको छ : प्रधानमन्त्री

 

बैशाख, १८ काठमाडौं – प्रधानमन्त्री केपी शमा{ ओलीले देशलाई समृद्धिको बाटो लैजान खोज्दा केहीको छाती पोल्ने गरेको बताएका छन् ।
बुधबार राजधानीको भृकुटीमण्डपमा पाटी{निकट मजदु र संगठनको सभालाई सम्बोधन गदै{ ओलीले सुखी नेपाली बनाउने आफ्नो धारणाले केहीको मन पाकेको बताएका हुन् ।

’देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला? नेपाली सुखी बनाउँ भन्दा मन किन भतभत हुने,’ उनले भने, ’समृद्ध नेपाल सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो। नेपाली जनता सुखी हुनै पछ{। दुखको दिन अन्त्य गरिन्छ।’ नेपालमा जस्तो मजदुर, रोजगारदाता र सरकारबीच मेलमिलाप अन्यन्त्र नपाइने ओलीले दावी गरे ।

ओलीले मुलुकले सुशासन र विकास खोजेको बताए। ’देशमा पृथकतावाद टुङ्गिएको छ,’ ओलीले भने, ’हिंसाको स्थिति टुङ्गयाउने सिलसिलामा छ। हिंसा अब देशमा स्वीकाय{ हुदैँन।’

ओलीले नेपालमा लगानीको अनुकुल वातावरण बनेको पनि दाबी गरे। साथै मजुदर र लगानीकता{बीचमा रहेर सरकारले भूमिका खेल्ने प्रतिबद्धता जनाए।