कार दुर्घटनामा नेकपाका ४ नेता घाइते

बैशाख, १८ काठमाडौं –अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका चार नेता घाइते भएका छन् ।

घाइतेहरुमा लक्ष्मण शर्मा, शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन्। घाइतेमध्ये बुढाथोकी र शर्माको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुशार सवार बा १८ च १२५ नम्वरको कार अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ देउराली भन्ने स्थानमा ना ६ ख ४३४९ नम्वरको ट्रकसँग ठोक्किन पुगेको थियो ।

घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुशार सवार बा १८ च १२५ नम्वरको कार अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ देउराली भन्ने स्थानमा ना ६ ख ४३४९ नम्वरको ट्रकसँग ठोक्किन पुगेको थियो ।