गर्मीमा मेकअप टिप्स

काठमाडौं – गर्मी मौसममा छालामा केही परिवर्तन आउँछ । गर्मीमा आफ्नो मेकअपमा मात्र परिवर्तन नल्याई ट्रेन्ड र रंगमा पनि ध्यान र्पुयाउनुपर्छ ।

–ओठको सुरक्षा गर्न लिपबाम प्रयोग गर्नुपर्छ ।

–ओठमा कोरल पिंक वा छाला कलरको पेन्सिल प्रयोग गर्नुपर्छ । यसबाट ओठको आउटलाइन सुरक्षित राख्न सकिन्छ ।

–लिपिस्टिक प्रयोग गर्नुको साटो लिप टिन्टेड वाम वा ग्लस उपयुक्त हुन्छ ।

–मेकअपमा सकेसम्म कम पाउडर प्रयोग गर्नुपर्छ । बढी पाउडर प्रयोग गर्दा छाला अझ बढी सुख्खा हुने भएकाले मेकअप बनावटी देखिन्छ ।

–आइलाइनर अत्यन्त लोकप्रिय छ र यसको प्रयोग आँखालाई सेप दिन पनि गरिन्छ । हिजोआज क्याट आइलाइनर प्रचलनमा छ ।