हुन्डाईका गाडी अब नेपालमै उत्पादन हुने

बैशाख १८, काठमाडौं –कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ ।

नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्नेगरी उद्योग विभागमा उद्योग दर्ता गराएको हो । उसले १० अर्ब रुपैयाँको वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डको बोर्ड बैठकबाट अनुमति पाइसकेको छ