सरकारले कुनै पनि उपलब्धी मुलक काम गर्न सकेन — देउवा

बैशाख,१७ काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको १४ महिनामा कुनै उपलब्धि गर्न नसकेको बताएका छन्।

सोमबारदेखि सुरु संसदको बजेट अधिवेशनअन्तर्गत पहिलो बैठकमा बोल्दै सभापति देउवाले सरकारले नागरिकको अपेक्षाअनुसार कुनै काम गर्न नसकेको दाबी गरेका छन् ।

‘अघिल्लो वर्ष नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण आधार थियो। तर, त्यसपछि देशलाई आर्थिक समृद्धिमा लैजाने अवसर सरकारले खेरफालेको छ’, उनले भने, ‘निर्मला पन्तको हत्यारा पत्ता लगाएन, शान्ति सुरक्षा दिन सरकार असफल भयो ।

बालुवाटारको सरकारी जग्गा पनि भूमाफियाको कब्जामा छ।’ देउवाले सरकारको निराशाजनक गतिविधिले नागरिकको धैर्यको बाँध टुट्न लागेको बताएका छन् ।