प्रदेश २ को फोरम अध्यक्षमा १८४ मत सहित विजयकुमार यादव विजयी

बैशाख, १७ काठमाडौं – संघीय समाजवादी फोरम नेपालको प्रदेश( २ को अध्यक्षमा विजयकुमार यादव निर्वा्चित भएका छन्। उनी सोमबार १८४ मत प्राप्त गरी विजयी भएका हुन् । अर्का अध्यक्ष पदमा उम्मेदवारी दिएका रेणु यादवले १४७ मल प्राप्त गरेकी थिइन् ।

नवनिर्वा्चित अध्यक्ष प्रदेश( २ का आर्थिक मामिला मन्त्री र पार्टीका केन्द्रीय कोषाध्यक्ष हुन्। उनीसँगै ३७ मतले पराजित भएकी रेणु पूर्व शिक्षामन्त्री र केन्द्रीय उपाध्यक्ष हुन्। विजय र रेणुसँगै प्रदेश सभा सदस्य अशोक यादवले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए।