मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माणमा चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाही

बैशाष १०, काठमाडौं –  मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाही भएको भेटिएको छ ।

सिन्धुपाल्चोकको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाही भएको भेटिएको हो ।

चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले लिएको ठेक्काको सबै प्याकेजमा भूकम्पपछि गतिलोसँग काम नभएपछि लापरवाही भएको देखिएको छ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।

आगामी असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण हालसम्म करिब ४२ प्रतिशत मात्रै काम भएको छ ।

आयोजना नै अन्यौलमा पर्न थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत शनिबार आयोजनास्थलको निरीक्षण गरेका थिए ।