डोल्पाका दलितले जनता आवास कार्यक्रमको रकम पाएनन्

बैशाष १०, डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका दलित समुदायले जनता आवास कार्यक्रमको रकम पाएनन् । सरकारले घर नभएका दलितलाई घर बनाउन तिनलाख पैसा किस्तामा दिने भनेपछि घर निर्माण सुरु गरेका दलितले अहिलेसम्म पाउन सकेका छैनन् ।

घर निर्माणका लागि सरकारबाट पाउनुपर्ने जनता आवास कार्यक्रमको रकम दुई वर्ष बितिसक्दा समेत नपाएपछि यहाँका दलित समुदाय यतिखेर पालमा वस्न वाध्य भएका छन् ।

निम्न वर्गसँगै आयस्रोत कम भएका दलित समुदायका लागि सुरक्षित बासस्थान व्यवस्था गर्न सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेको थियो।

जिल्लामा ११ सय दलितले आधा मात्रै घर बनाएका छन् । ती मध्यले थोरैले पहिलो किस्ता पाइसकेका छन्।

बहुमत दलितले पहिलो किस्ता रकमसमेत नपाएको गुनासो गरेका छन्। सरकारको उदासीनता कारण कार्यक्रमले तीव्रता नपाउँदा डोल्पाका दलित नागरिक थप बिचल्ली भएका छन् ।