श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लािमक स्टेट (आइएस)ले लियो

बैशाष १०, काठमाडौं – श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लािमक स्टेट (आइएस)ले जिम्मा लिएको छ ।

अन्ताराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार श्रीलंकाको विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी ३ सय भन्दा वढीले ज्यान गुमाएका छन् ।

यो आक्रमणमा ३६ जना भन्दा धेरै विदेशीको मृत्यू भएको छ भने भारतका मात्रै सातजनाले ज्यान गुमाएका छन्। यो आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले मंगलबार लिएको हो।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा त्यहाँको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको संलग्नता रहेको दाबी गरिएको छ ।
ऋाक्रमणमा डेनमार्कका एक धनाढ्यले समेत आफ्ना तीन सन्तान गुमाएका छन्। यो घटनापछि मंगलबार त्यहाँ राष्ट्रिय शोक घोषणा गरिएको छ।

एजेन्सी