बुद्ध एयर र सञ्चारमन्त्रीको विवादबिच आयो सुर्य थापाको खुल्लापत्र

बैशाख, ५ काठमाडौँ — बुद्ध एयरले संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको बारेमा गलत हल्ला फैलाएको भन्दै वरिष्ठ पत्रकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत खुल्लापत्र लेखेका छन् । कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका थापाले कम्पनीका अध्यक्ष बीरेन्द्रबहादुर बस्नेतलाई पत्र लेखेका हुन् ।

यस्तो छ उनको खुल्लापत्र

२०७६ बैशाख २ गते भैरहवाबाट काठमाडौं आउने क्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई छाडेर बुद्ध एयरले उडान गरेको बारेमा स्वयं मन्त्रीले घटना विवरण सार्वजनिक गर्नुभएको छ । त्यसमा बुद्ध एयरको ध्यानाकर्षण (?) पढेपछि त हामीलाई ताज्जुब नै लाग्यो । म बुद्ध एयरको यात्री थिइनँ । तसर्थस् त्यसबारे बोलेको धिइनकक । तर हिजो र आजका कतिपय प्रतिक्रिया र दुष्टमतिका टिप्पणी पढेसकेपछि तथ्य लेख्न बाध्य भएको छु ।

१. प्यूठानको गौमुखीमा प्रदेशस्तरीय मिडिया सम्मेलन उद्घाटन गर्न उहाँ २०७६ वैशाख १ गते दिउँसो ३ बजे बुद्ध एयरबाट भैरहवा प्रस्थान गर्ने टिकट थियो । तर बुद्ध एयरले डेढ घण्टा ढिलो गरी उडान गरेको हुनाले राती १० बजे मात्र प्यूठानको बिजुवार पुग्न सकियो । म साथमै यात्रामा हुनाले भन्नैपर्छ( नयाँ बर्षको साँझ स्वर्गद्वारी पुगेर आश्रममै रात्रीबास बस्ने योजना डेढ घन्टा ढिलो भैरहवा उडान भएकाले बिथोलियो । यसरी उडान ढिलो गरेकोमा जहाजभित्र दुखसम्म व्यक्त गरेको सुनिएन । जबकि अन्यत्र १ घण्टाभन्दा बढी ढिलो गरे यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने बाध्यता हुन्छ ।

२. वैशाख २ गते साँझ ५स्३० बजे भैरहवाबाट काठमाडौंतर्फ उडानको टिकट थियो । त्यसनिम्ति अर्खाको ठूलाचौरबाट १२स्२५ बजे बीच कार्यक्रमबाटै बिदावारी भएर हामी भैरहवातर्फ लागेका थियौ । त्यहाँबाट भालुबाङ घुम्दा प्लेन छुट्नसक्ने हुँदा निर्धा्रित रूटसमेत परिवर्तन गरी अग्लुङ(बाझकटेरी( म्यालपोखरी(पुर्कोटदह( सौतामारे(रतनमारे( सन्धिखर्क( गोरूसिंगे( लुम्बिनी हुँदै ६स्१५ बजे उहाँको टोली भैरहवा एयरपोर्ट पुगेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य यस यात्रामा सँगसगै हुनुन्थ्यो ।

भैरहवा एयरपोर्टमा पुगुञ्जेल काठमाडौंको खराब मौसमका कारण मेरो टिकट रहेको यति एयरको भैरहवा उडान नहुने घोषणा भइसकेको थियो । बुद्ध एयरको उडान पनि नहुने भनिए पनि घोषणाचाहि गरिएको थिएन ।

३. काठमाडौंबाट जहाज उडान नहुने अवस्थामा भैरहवामा होटल खोज्नु अनिवार्य हुन्थ्यो । त्यसकारण संचारमन्त्रीको टोली सिडिओ कार्यालयसँग पूर्ण समन्वय गरी टिकुलीगडस्थित होटलमा पुगेर कोठा बुक गर्न लाग्यो । तर, कोठामा नपुग्दै बुद्ध एयरको जहाज आउने र उडान गर्ने भएको खबर आयो । अनि, हतारहतार लबीबाटै टोली एयरपोर्टतर्फ लागिहालेको थियो । तर २ किमी नजिकै पुगेको अवस्थामा जहाज काठमाडौतर्फ उड्यो भन्ने जानकारी प्रशासनमार्फत आयो । अनि उहाँ पुनः होटलतर्फ लाग्नुभएको धियो ।

४. यस्तो नियतिका निम्ति गुल्मीको पुर्कोटदहदेखि सम्पर्क र समन्वय गर्दै कच्ची बाटो जहाज भेट्न हतारहतार गरी सौतामारे र रतनमारेमा स्वागत गर्न पर्खेका शुभेच्छुक र नेताकार्यकर्तासककग हातसमेत नमिलाई भैरहवातर्फ दौडिने जरूरी किन पर्दथ्यो ? अर्घाखाँचीको सन्धिखर्कमा पत्रकार भेटघाट निम्ति जुटेका संचारकर्मी र पार्टी नेताकार्यकर्तासककग राम्ररी बोल्नसमेत समय भएन । चाक्ला आइपुग्दा ४५ मिनेट ढिलो उडान हुने भएको खबरका बाबजुद दालमोठ, बिस्कुट र पानी खाँदै टोली दौडिएको त जहाज भेट्न नै त थियो !

५. मन्त्रीले जहाज रोकेर पर्खन भनेको वा दबाब दिएको हुदै होइन । किन काठमाडौँबाट जहाज उड्नासाथ समयमै खबर नगरेको भन्ने चासो र सरोकार अवश्य देखाउनु भएको हो । भोलिपल्ट बिहान बुद्ध एयरको भैरहवा स्टेसन प्रमुखलाई नागरिक उड्डयन कार्यालय प्रमुखकै उपस्थितिमा स्वयं संचारमन्त्रीले समयमा किन सूचना नगरेको भनी सोध्दा प्रहरीको सईले मन्त्रीज्यूको टोली होटलमा गइसकेको र भोलि जाने भनेको भनी सफेद झूठ बोलेको देख्दा झनै आश्चर्य लाग्यो । मन्त्रीको पिएसओ साथै थिए, उनलाई केही खबर आएको होइन । त्यहाँ बुद्ध एयरका स्टेसन प्मुख नाजवाफ र लज्जित भएर आशिष्टतापूर्वक बीचमै उठेर हिडेको त म स्वयंले देखेको हुँ । यस्तो यथार्थलाई ढाकछोप गर्न ६८ जना यात्रुको हितमा संचारमन्त्रीलाई ३०र३५ मिनेट नकुरेको भनी १०० प्रतिशत झूठो वक्तव्यबाजी गर्नु त दिउँसै रात पार्न खोजेकोजस्तो मात्र हो । यो बुद्ध एयरको गैरव्यवसायिक व्यवहार र जवाफदेही हुन नखोज्ने मनोमानीपूर्ण रवैयाको पराकाष्टा मात्र हो ।

६. बुद्ध एयरले राती ८स्ण्ण् बजेपछि उडान गरेको थियो । सरकारका जिम्मेवार मन्त्रीलाई यस्तो व्यवहार गरेकोमा अझ बकवासपूर्ण वक्तव्य निकालेर आफैले ठीक गरेको भनेजस्तो गरी उल्टै सारा तथ्य र यथार्थमा पर्दा हाल्ने चेष्टा गरेको देखिँदा यो कतै नियोजित दुर्व्यवहार पो थियो कि भनेर शंका गर्नुपर्ने अवस्था सिर्जना भयो ।

७. म बुद्ध एयरले गरेको प्रगतिको खूलेआम नै प्रशंसक हुँ । तर यसअघि ४र४ घण्टासम्म पूर्वप्रधानमन्त्री र प्रदेश ५ का मुख्यमन्त्रीले काठमाडौं एयरपोर्टमा पर्खनु परेकोमा श्री बीरेन्द्रबहादुर बस्नेतजीलाई पहिलो खुलापत्र लेखी प्रविधिको पछिल्लो विकासको सदुपयोग गरेर लाभ उठाउन तथा नयाँ प्रबन्ध गर्न ध्यानाकर्षण गराएको थिएँ । तर त्यसको कुनै सुनुवाई भएन । २ गते भैरहवामा मन्त्री र ४ गते सुर्खेतमा अमेरिकी राजदूतलाई बुद्ध एयरले जुन व्यवहार गरेको छ, यो नियोजित र निन्दनीय छ । यसको छानविन गरी दोषीमाथि कारबाही गरिनुपर्छ । अन्यथा यो मनोमानी र अराजकता अझै बढ्न जानें निश्चित छ । हवाई क्षेत्र संवेदनशील सेवा व्यवसाय हो भनेर यसका संचालनकर्ताहरू बढी जवाफदेही हुनैपर्छ ।

८. मन्त्रीलाई भैरहवामा छाडेर हिड्ने बुद्ध एयरको व्यवस्थापनले भोलिपल्ट १ सिट मात्रै दिनसक्ने भनी अर्को आश्चर्यजनक रवैया देखायो । जबकि अघिल्लो दिन आफैले छाडेका यात्रु पहिलो प्राथमिकतामा लिनुपर्ने थियो । फलस्वरूप उहाँको टोली सौर्यं एयरको जहाजबाट ११स्ण्ण् बजे मात्र काठमाडौं फर्किनु भयो ।
यस तथ्यको हेक्का राखेर जथाभावी सोसल र अन्य मिडियाले परपीडक व्यवहार नगरेकै उचित हुन्छ । यो मन्त्रीको पक्ष वा विपक्षमा उभिने बिषय होइन र खुच्चिङ गर्नुपर्ने कुनै आवश्यकता पनि छैन । उहाँले आफ्नोभन्दा काठमाडौँ(भैैरहवा(काठमाडौं उडानमा आफूले जस्तो अरू कसैले भोग्न नपरोस् भनेर नै सार्वजनिक जिम्मेवारीअनुरुप तथ्य प्रस्तुत गरी सबैलाई जानकारी गराउनु भएको मात्र हो ।बुद्ध एयरले माफी मागेर भविष्यमा यस्तो गल्ती नगर्नेसम्म नभनी प्रदर्शन गरेको दादागिरीशैलीको भर्त्सना गर्नैपर्छ । यसखाले यथार्थप्रति आखा चिम्लेर बुद्ध एयरको बदमासीलाई सही गरेको भनी दलाली गरेर रुवाबासी गर्ने र रोइलो मच्चाउनेहरुलाई रामराम मात्र भन्न सकिन्छ ।