गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट : एक सैनिक घाइते

बैशाख ५, काठमाडौं— विप्लव समूहको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको क्रममा बिभिन्न स्थानमा बम फेला परेका छन् ।
यसै क्रममा कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट भएको छ । बिष्पोटमा परि एक सैनिक घाइते भएका छन् ।
विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ ।