सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाको नाम अनुुमोदन

वैशाख ५, काठमाडौं — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाको नाम अनुुमोदन भएको छ । बिहीबार संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा ५ जनाकै नाम सर्वसम्मले नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिमा न्यायाधीश सिफारिसबारे ५ वटा उजुरी परेको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरुको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।