५ न्यायाधीशको संसदीय सुनुवाई आज हुँदै

बैशाख ५, काठमाडौं — न्याय परिषदले सर्वोच्च अदालतका लागि प्रस्ताव गरेका ५ जना न्यायाधीशको संसदीय सुनुवाई हुँदैछ ।

परिषदले कानुन व्यवसायी कुमार रेग्मी, हरि फुयाँल र मनोजराज शर्मा तथा उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमाको नाम सिफारिस गरेको छ ।

सुनुवाई समितिमा पाँचवटा उजुरी परेको छ र त्यसमध्ये दुईवटा सैद्धान्तिक विषयमा छन् । संसदीय सुनुवाई विशेष समितिले पाँचै न्यायाधीशलाई बिहीबार दिउँसो दुई बजे सुनुवाईका लागि बोलाएको हो ।