अब सडकमा बेसहारा हुने छैनन —प्रधानमन्त्री ओली

चैत २९, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकमा बेसहारा नहुने कुरा बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बेसहारा अब सडक नदेखिने दाबी गरेका छन् । उनले भने ‘सडकमा फालिएका, बेहालसँग जिङ्ग्रिङ्ग परेको कपालको मान्छे देख्नुहुन्न । बेसहाराको लागि सरकार छ’, उनले भने, ‘कोही बेसहारा सडकमा हुँदैन।’
सरकारले कसैलाई पनि गरिबी र भोकमरीले मर्न नदिने ओलीले बताएका छन् । ‘नेपालमा कोही पनि भोकै मर्दैन। किनभने यो देशमा जनताको सरकार छ’, उनले भने ।