जेट एयरवेजको नेपाल उडान स्थगित

चैत २९ , काठमाडौं — भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेको छ । आन्तरिक समस्याका कारण जेट एयरवेजले नेपाल उडान स्थगित गरेको हो ।

वायुसेवाले बिहीबार मात्रै दिल्ली काठमाडौं दुईवटा उडान गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो वायुसेवालाई दैनिक तीनवटा उडानको अनुमति दिएको छ । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिरणबाट बोइङको बी७३७(८०० नामक १६८ सिट क्षमताको जहाजबाट दैनिक तीनवटा उडानको अनुमति स्वीकृत गराएको छ।

वायुसेवाले दिल्ली इन्दिरा गान्धी विमानस्थलबाट दैनिक काठमाडौंमा ३ उडान अनुमति भएपनि पछिल्ला दिनमा यसको उडान कटौति गर्दै दुई वटामा सिमिति गरेको थियो ।
वायुसेवाले अर्को सूचना नआएसम्मका लागि सबै उडान स्थगित गरेको बताएको टिकेटिङ एजेन्सी एस ट्राभलले जनाएको छ ।